विजय कुमारको दोस्रो कृति ‘सम्बन्धहरु’ बजारमा

काठमाडौँ/ पत्रकार विजय कुमारको दोस्रो कृति ‘सम्बन्धहरू’ बिहीबार सार्वजनिक गरिएको छ। यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो ।

कोभिड–१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञाजस्ता कठिन परिस्थिति रहेकाले कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टका नीरज भारीले बताए । जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू ।

अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । ‘खुसी’ पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजयकुमारको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको कृति हो ।

सम्बन्धित खबरहरु