टेलिकमले कम्पनीको सेवाबारे विभिन्न भाषामा जानकारी दिँदै

तामाङ भाषा पनि समावेश

काठमाडौँ/ नेपाल टेलिकमले देशका विभिन्न मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाबारे स्थानीय भाषामा जानकारी दिदै आएको छ ।

कम्पनीले दिइरहेको सेवाको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पु¥याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले जानकारी दिइरहेको हो ।

तामाङ, राई बान्तवा, लिम्बु, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन् । यी सन्देशमा नेपाल टेलिकमको विभिन्न डाटा र भ्वाइस लगायतका सेवाहरु र यसको प्रयोग गर्ने तरिकाबारे जानकारी दिने हुनाले देशभरीका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।

यस कार्यका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ । विभिन्न बोल भएका फरक फरक सन्देशहरु झण्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायल मार्फत प्रसारण भइरहेको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमले हाल अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । त्यसैगरी फेस्टिभल अफरका रुपमा दशैं, तिहार र छठ पर्वलाई समेटी जीएसएम र सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइरहेको छ ।

सम्बन्धित खबरहरु