टिकाकै दिन कुमारको खुट्टा छिनाल्ने पक्राउ गरी सार्वजनिक

तुलसीपुर/ तुलसीपुरमा खुट्टा छिनाल्ने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका तुलसीपुर उपमहानगरपालिका – १६ निबासी २२ बर्षीय पवन चौधरी र वडा नम्वर १० पड्ढा निबासी २४ बर्षका अमृत चौधरीलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

अनुसन्धानका क्रममा उनीहरुले अपराध स्वीकार गरीसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिएका छन् । आरोपीले दशै टिकाको दिन साढे ९ बजे उपमहागनरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विकको बायाँखुट्टा चुरीगाँठादेखि तलतिरको भाग काटेर अलग गराईदिएका थिए । घटनामा संलग्न खोज्ने क्रममा प्रहरीले ८० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

आरोपीले प्रयोग गरेको खुर्पा, घटनाको दिन लगाएको कपडा पनि प्रहरीले बरामद गरेको छ । घटनाको विषयमा थप अनुसनधन भईरहेको डिएसपी सिंहले बताएका छन् । घाइते विकको भारतको लखनउँमा उपचार भईरहेको डिएसपी सिंहले जानकारी दिएका छन् । समाचार राजधानी दैनिकमा छापिएको छ ।

सम्बन्धित खबरहरु