फिफा वरीयतामा नेपाल यथावत, शीर्ष स्थानमा बेल्जियम

काठमाडौँ/ विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । गत महिना १७०औं स्थानमा रहेको नेपाल फिफाले बिहीबार निकालेको वरीयतामा पनि १७० औं स्थानमा रहन सफल भएको हो ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै फ्रान्स दोस्रो, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल रहेका छन्। पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौँ स्थानमा पुगेको हो ।

एक स्थान झरेको उरुग्वे छैटौं, स्पेन सातौं, क्रोएसिया आठौं, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौं स्थानमा रहेका छन्। दक्षिण एसियाली राष्ट्रमा नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अघि १०९ औ स्थानमा भारत र १५५औँ स्थानमा माल्दिभ्स रहेको छ ।

नेपालभन्दा तल १८७औँ स्थानमा बंगलादेश, १८९ औ स्थानमा भुटान, २००औँ मा पाकिस्तान र २०६ औ मा श्रीलंका रहेको छ । कोरोना भाईरसको महामारीपछि गत मार्चबाट अन्तर्राष्ट्रिय फुटबल ठप्प छ। जसको कारण नेपालले अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाएको छैन ।

सम्बन्धित खबरहरु