प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात

काठमाडौं/ इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्‍न खेलमा चेल्सी विजयी भएको छ । नयाँ सिजनको पहिलो खेलमै जीत निकाल्ने क्रममा चेल्सीले ब्राइटनलाई उसैको मैदानमा ३–१ ले हराएको हो ।

चेल्सीले खेलको २३औं मिनेटमा जोर्गिन्होको गोलमार्फत अग्रता लिएको थियो । टिमो वेर्नरलाई डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा जोर्गिन्होले गोल गरेका थिए । चेल्सीको जीतमा जोर्गिन्हो रीस जेम्स र कर्ट जौमाले एकएक गोल गरे । ब्राइटनका लियोन्द्रो ट्रसार्डले एक गोल गरे ।

पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफको ५४ औं मिनेटमा ब्राइटनका ट्रोसार्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर, त्यसको दुई मिनेटमै रिस जेम्सले गोल गर्दै चेल्सीलाई पुनः २–१ को अग्रता दिलाए । ६६औं मिनेटमा कर्ट जौमाले गोल गर्दै चेल्सीको जीत सुनिश्‍चित भएको थियो । जीतसँगै महत्वपूर्ण ३ अंक हासिल गरेको चेल्सी अंकतालिकाको तेस्रो स्थानमा रहेको छ ।

बुल्भसको पनि जीत
यस्तै गएराति नै सम्पन्‍न अर्को खेलमा वुल्भसले पनि जीत निकालेको छ । पहिलो जीत निकाल्ने क्रममा सेफिल्ड युनाइटेडाई उसैको मैदानमा वुल्भसले २-० ले हरायो ।

खेल सुरु भएको ६ मिनेटमै दुवै गोल भएका थिए । त्यसपछि कुनै टिमबाट गोल हुन नसकेपछि गोलअन्तर २० मै सीमित भएको हो ।

सम्बन्धित खबरहरु