प्रधानमन्त्रीद्धारा शेर्पाको निधनप्रती दु:ख व्यक्त

काठमाण्डौ/ प्रधानमन्त्री केपीशर्मा ओलीले पर्वतारोही आङरिता शेर्पाको निधनप्रती दु:ख व्यक्त गरेका छन ।

हिम चितुवा उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा निधन भएको हो । उनको निधनपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै दुख व्यक्त गरेका हुन्।

ओलीले लेखेका छन्,’बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएका आङरिता शेर्पाको निधनले अत्यन्त दु:खित तुल्याएको छ।’

साथै उनले यस दुःखद् घडीमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुप्रति गहिरो समवेदना ब्यक्त गर्दछु।उहाँको कीर्तिमानी सदास्मरणीय रहने छ’, ओलीले ट्वीटमा थपेका थिए।

लामो समयदेखि विभिन्न रोगले ग्रसित शेर्पाको आज बिहान १० बजे निजी निवास जोरपाटीमा निधन भएको हो भने उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

सम्बन्धित खबरहरु