पौडी प्रशिक्षकलाई कोराना संक्रमण

काठमाडौं/ राष्ट्रिय खेलकुद परिषदकी सहायक पौडी प्रशिक्षक कोराना संक्रमण भएको छ । सहायक पौडी प्रशिक्षकले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएकी छिन् ।

आफ्नो घर नजिकको स्टोर होल्डरमा कोरोना संक्रमण पुष्टि भएपछि सुरुमा कन्ट्याक्ट ट्रेसिङका क्रममा कोभिड–१९ परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताएकी छिन् । त्यसको केही दिनपछि भने आफू र श्रीमानमा सामान्य लक्षणहरु देखिएपछि आइसोलेशनमा बसेको र डाक्टरको सल्लाहअनुसार पुनः परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको उनले उल्लेख गरेकी छिन् ।

यस्तै गरी छोराछोरी र परिवारका अन्य सदस्यको पनि परीक्षण गर्दा सानो छोरा इभानको रिपोर्ट पनि पोजेटिभ आएको उनले बताएकी छिन् । अहिले डाक्टरको सल्लाह अनुसार आफूहरुलाई घरका अन्य सदस्यबाट अलग गरी क्वारेन्टाइनमा बसेको उनकोको भनाइ छ ।

पौडीकी कीर्तिमानी खेलाडी उनले बास्केटबलमा पनि राष्ट्रिय महिला टोलीको नेतृत्व सम्हालेकी थिइन् । सन् १९९९ मा नेपालमा भएको दक्षिण एसियाली खेलकुदमा नेपाली पौडीको कीर्तिमान स्वर्ण पदक जितेकी थिइन् । यसैगरी बास्केटबलमा एसियाली खेलकुदमा भाग लिने उनी पहिलो नेपाली खेलाडी हुन्।

सम्बन्धित खबरहरु