कोरोनाबाट थप पाँच जनाको मृत्यु

काठमाडौँ/ कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ५ जनाले ज्यान गुमाएका छन् । मृत्‍यु हुनेमा ललितपुर र बाँकेमा २÷२ तथा मोरङमा एक जना रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएअनुसार मेघा अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका–२४ धापाखेलका ८० वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको हो । यस्तै ललितपुरकै अल्का अस्पतालमा उपचाररत पाटनका ७४ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

यसैगरी बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाका ६४ वर्षीय वृद्धको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका(७ का ६४ वर्षीय पुरूषको मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएका उनको निमोनिया बढ्दै गएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकश पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

भेरी अस्पताल बाँकेमा पनि कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका ३ स्थायी ठेगाना भएका ३९ बर्षका पुरुषको उपचारका क्रममा आज विहान साढे १० बजे मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

यस्तै झापाका कोरोना संक्रमित वृद्धको पनि उपचारका क्रममा मृत्यु भएको छ । भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा भर्ना गरिएका उनको आज बिहान ५स्५० बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए ।

सम्बन्धित खबरहरु