आइपिएलको दोस्रो दिन दिल्ली बिजयी,सन्दिप समेटिएन्न अन्तिम एघारमा

युएईमा सञ्चालन भइरहेको इन्डियन प्रीमियर लिग ९आइपिएल०को दोस्रो दिन आइतबार विशेषगरी नेपाली दर्शकहरुको लागि निक्कै रोचक मानिएको थियो । झन्डै ३ लाख भन्दा बढि नेपालीहरु रहेको युएईमा आइतबार हुने खेलमा दिल्ली क्यापिटल्स र किङ ११ पन्जाब बिचको खेल रहेको थियो । जसमा दिल्ली क्यापिटल्सको तर्फबाट सहभागी थिए नेपाली स्पिनर सन्दिप लामिछाने । सन्दिप लामिछानेको खेल हेर्न र उनलाई मनोबल बढाउन बिहानैवाट युएईमा रहेका नेपालीहरुका सामाजिक सञ्जाल रङिएका थिए । तर अन्ततस् आइतबार भएको उक्त खेलमा नेपालीहरुले सोचे जस्तो हुन सकेन ।

आईपीएल टि(२० अन्तर्गत तेश्रो सिजनमा दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरिरहेका नेपाली स्पिनर सन्दिप लामिछानेले लिगको पहिलो खेलमा पन्जाब बिरुद्ध अन्तिम(११ मा मौका पाएनन् । गत साता मंगलबार सिपिएल टि(२० खेलेर युएई पुगेका सन्दिपले शनिवार क्वारेन्टाइन अवधि सकेपछि अभ्यासमा फर्किएका थिए। त्यस क्रममा सन्दिपको तीन वटा कोभिड(१९ रिपोर्ट नेगेटिभ आएको थियो । १ दिन अभ्यास गरेपछि पनि सन्दिपले अन्तिम(११ मा मौका पाउने अनुमान गरिएको थियो। तर आजको खेलमा उनले मौका नपाउदा उनको खेल हेर्न बिहानै बाट इच्छुक उनका समर्थक र फ्यानहरु निराश भएका छ्न । त्यसो त आजको खेलमा भारतीय मिडिया र पूर्व भारतीय क्रिकेटरहरुले समेत सन्दिप अन्तिम(११ मा पर्ने अनुमान गरेका थिए। तर त्यसो हुनसकेन र पहिलो खेलमा सन्दिप पुनः बेन्चमा बस्नुपर्यो।

पहिलो सिजन २०१८ मा ३ खेल तथा दोश्रो सिजन २०१९ मा ६ खेलमा सन्दिपले अन्तिम(११ मा मौका पाएका थिए। २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत दिल्लीले लिएपछि यो सिजन टिमसँग सन्दिपको अनुबन्ध अवधि पुरा हुनेछ ।

लगातार विश्वभर टि(२० लिगहरुमा पहिलो रोजाइको स्पिनर रहेता पनि आईपीएलमा भने नेपाली स्पिनर अन्तिम(११ मा पर्न मुस्किल हुँदै आएको छ। दिल्ली टिममा यस अघिको सिजन र अहिले पनि स्टार भारतीय स्पिनरहरु उपस्थित हुँदा सन्दिपलाई विदेशी खेलाडीको रुपमा टिममा स्थान बनाउन मुस्किल भएको हो। लिगमा टिमले अन्तिम(११ मा ४ जना विदेशी खेलाडीलाई मात्रै मौका दिन पाउछ। त्यस्तै सन्दिपले मौका नपाउनुको अर्को कारण हिजो मात्रै उनको क्वारेन्टाइन अवधि सकिनु पनि हो। उनले हिजो बेलुका अभ्यास गरेका थिए तै पनि टिमसँग र माहोलसंग घुलमिल हुन अझै बाँकी रहेको थियो ।

युएईमा जारि १३ औं आईपीएल अन्तर्गत आइतबार सम्पन्न दोश्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स(११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा दिल्लीले दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा पन्जाबले पनि २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १५७ रन मात्रै बनाउन सकेपछि खेल सुपर ओभरमा पुगेको थियो। आईपीएल इतिहासमा सुपर ओभरमा पुगेको यो १० औं खेल हो।

सम्बन्धित खबरहरु