असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनः भाडादर ५० प्रतिशत बृद्धि, आधा संख्यामा यात्रु

अन्तराष्ट्रिय उडान पनि खुल्ने

काठमाडौं/ सरकारले असोज १ गतेदेखि लामो दुरीको बस सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । कोरोना भाइरसको कारण देशमा लकडाउन भएसँगै चैत ११ देखि सञ्चालनमा रोक लागेको लामो दुरीको सवारी सञ्चालनमा आउने भएको हो ।

लामो दुरीका बस विभिन्न सर्तसहित सञ्चालनमा आएको छ । सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले लामो दुरीको बस सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, बसमा आधा संख्यामा यात्रु राख्नुपर्ने र भाडादर ५० प्रतिशतसम्म बृद्धि गरेर लिन सक्ने जानकारी दिए ।

लामो दुरीको बस सेवा सञ्चालनको मापदण्ड बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागलाई जिम्मेवारी दिइएको छ ।

अन्तराष्ट्रिय उडान पनि खुल्ने
सरकारले असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान पनि खुला गर्ने निर्णय गरेको छ । त्यसका लागि संस्कृति प्रर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नियमित तथा चार्टर उडानको विमानस्थलको अवस्था हेरेर अनुमति दिने व्यवस्था गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानका लागि यात्रुहरुले ७२ घण्टाभित्र गरिएको पिसिआर परिक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै पर्यटकहरुका लागि ७२ घण्टाभित्रको पिसिआर रिर्पोट नेगेटिभका आधारमा कार्तिक १ देखि हिमाल आरोहण तथा पदयात्राका खुला गर्ने निर्णय भएको छ ।

 

सम्बन्धित खबरहरु