अब नयाँ सिक्कामा लिम्पियाधुरासहितको नक्सा

काठमाडौं । सरकारले अब नयाँ सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले रु १ र रु २ का सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको हो ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी भोली हुने सार्कस्तरीय अर्थमन्त्रीको भर्चुअल बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्वमा ३ सदस्य सहभागी हुने निर्णय भएको दिए ।

यस्तै एसियाली विकास बैंकले नेपालको विद्युत प्रणाली सुधारका लागि १८ अर्ब सहुलियत दरको ऋणका लागि वार्ता टोली गठन गरेको छ ।

सम्बन्धित खबरहरु