चर्चित गायक बिशाल काल्तान र गायिका जितु लोप्चनको ‘नेसी नेसी’ ले चर्चा बटुल्दै

काठमाण्डौ । टिकटकमा चर्चा बटुलेका तामाङ प्रेम गीत ‘नेसी नेसी’ ले बजारमा चर्चा बटुल्दै गइरहेको छ । बौद्धस्थित एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको उक्त गीतमा दिपेश प्रधानले संगीत संयोजन र मिक्सिङ, जिबी तामाङको शब्द, चर्चित गायक एंव संगीतकार बिशाल काल्तान ले संगीत गरेका हुन भने उनै गायक एंव संगीतकार काल्तान र गायिका जितु लोप्चनको स्वर रहेको छ ।

भिडियोमा छायांकन,ड्रोन र कलर सुर्य लामाले गरेका हुन भने मोडल एंव निर्देशक हेरुका लामाले कोरियोग्राफी, सम्पादन र निर्देशन तामाङ चलचित्र जगतका महानायक अमिर दोङले गरेका हुन । भिडियोमा उनै दोङ र मोडल रिता लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

भिडियो

सम्बन्धित खबरहरु