खेम मोक्तानद्धारा निर्देशित ‘ठेकीको मोही’ लिएर आए गायक केशव (भिडियो)

डिबी लामा, काभ्रे । गायक केशव पाख्रिनको ‘ठेकीको मोही’ बोलको गीत बजारमा आएको छ । आज काठमाण्डौको जोरपाटीस्थित छिमेकी क्याफेमा एक पत्रकार सम्मेलन गरी उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।

साङगे ब्लोनले शब्द रचना गरेको उक्त गीतलाई चन्द्र कुमार दोङले संगीत र संगीत संयोजन र केशव पाख्रिनको आवाज रहेको छ ।

मोडल एंव निर्देशक खेम मोक्तानले निर्देशन गरेको उक्त भिडियोलाई बिना घलेले मेकअप,छायांकन,सम्पादन,कलर र ड्रोन रोशन फ्युबाले गरेका हुन ।

उक्त भिडियोमा तामाङ चलचित्र जगतका महानायकको रुपमा सुपरिचित नायक एंव निर्देशक अमिर दोङ र चर्चित मोडल सुस्मा मोक्तानको अभिनय देख्न सकिन्छ ।

नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबाको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रम पत्रकार सुदिन दोङ्ले सञ्चालन गरेको थिए भने कार्यक्रममा कलाकार,पत्रकार एंव संगीतकर्मीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खबरहरु