कोरोनाबाट ८ लाख ४० हजार बढीको मृत्‍यु

काठमाडौं । चीनको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरस९कोभिड(१९० का कारण विश्वभर ८ लाख ४० हजार ६६० जनाले ज्यान गुमाएका छन ।
त्यसैगरी २ करोड ४८ लाख ९७ हजार २८१ संक्रमित हुँदा १ करोड ७२ लाख ८५ हजार ९०७ जनाले कोरोनालाई जितेका छन् ।

वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना जित्नेको संख्या ६९ प्रतिशत रहेका छन् ।

संक्रमितमध्ये ६७ लाख ७० हजार ७४१ जनामा कोरोना भाइरसका एक्टिभ केस छन् ।

उनीहरुको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ ।

सक्रिय संक्रमित ६१ हजार २८९ जनाको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७०६ संक्रमित थपिएका छन् ।

५ हजार ६६७ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खबरहरु