कविन योन्जनद्धारा निर्देशित कोशीस र जितुको ‘अङगुर झुप्पारी’ (भिडियो)

डिबी लामा,काठमाण्डौ । गायक कोशीस थोकर र गायिका जितु लोप्चनको आवाजमा रहेको ‘अङगुर झुप्पारी’ बोलको गीत बजारमा आएको छ ।

गीतलाई उनै गायक कोशीस थोकरले संगीत गरेका हुन भने प्रज्वल दोङले शब्द रचना, नोर्बु शेर्पाले संगीत संयोजन र दिपएश प्रधानले मिक्सिङ गरेका हुन ।

गायक एंव निर्देशक कविन योन्जनले निर्देशन गरेको उक्त भिडियोलाई बल कुमार मगरले छायांकन र सम्पादन, महेश श्रेष्ठले ड्रोन, गंगा तामाङले कोरियोग्राफ गरेका हुन ।

भिडियोमा अमिर मोक्तान, रश्मिला तामाङ,सनक तामाङ र युनिशा मोक्तानको अभिनय देख्न सकिन्छ ।

सम्बन्धित खबरहरु