कर्साङको संगीत संयोजनमा सिर्जना र आकाशको ‘दक्षिण ललितपुर’ (भिडियो)

काठमाण्डौ । गायक आकाश ब्लोन र चर्चित गायिका सिर्जना स्याङ्तानको आवाजमा दक्षिण ललितपुर बोलको गीत बजारमा आएको छ ।

गीतलाई सज्जन स्याङतानले लेखेका हुन भने पासाङ स्याङ्तानले संगीत गरेका हुन । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको उक्त गीतलाई चर्चित गायक एंव सगीतकार कर्साङ लामाले संगीत संयोजन र मिक्सिङ गरेका हुन ।

भिडियोलाई छायांकन,सम्पादन र कलर गंगाराम राइले गरेका हुन भने बाबु जिम्बाले ड्रोन ,देवराज गुरुङले निर्देशन र कोरियोग्राफ गरेका हुन । भिडियोमा देवराज गुरुङ र निर्जला राइको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

सम्बन्धित खबरहरु