सुनको मुल्यमा नयाँ रेकर्डः झण्डै एक लाख पुग्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ पुगेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार ९९ हजार पुग्दै नयाँ रेकर्ड कायम भएको हो ।

अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन बिहीबार ९८ हजार ५६० रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी बिहीबार चाँदी १२२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित खबरहरु