जिल्ला प्रशासन काभ्रेमा राहदानीबाट मात्रै ३ करोड ४४ लाख बढी राजस्व संकलन, ९ सय ८८ सिफारिस

विजय जिम्बा, काभ्रे
जिल्ला प्रशासन कार्यालय काभ्रेले चालु आर्थिक वर्ष २०७६/०७७ भित्र राहदानीबाट मात्रै ३ करोड ४४ लाख ३९ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले आर्थिक वर्ष २०७६/०७७ मा गरेको वार्षिक कार्य सम्पादन प्रगति सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले सो कुरा जानकारी दिएको हो ।

प्रजिअ तिमल्सिनाको अनुसार कार्यालयबाट ६ हजार ६ सय ४२ जनाले साधारण राहदानी बनाएमा महिला २ हजार ९ सय ७१ र पुरुष ३ हजार ६ सय ७१ जना रहेको छ । त्यसैगरी द्रुत राहदानी २ हजार ४ सय ४८ जनाले बनाएको छ । जसमा महिला ८ सय ५६ जना र पुरुष १ हजार ५ सय ९२ जना रहेका छन् ।

कहाँबाट कति राजस्व संकलन ?
राहदानीबाहेक जिल्ला प्रशासनले सरकारी सम्पत्तिको विक्रीबाट ३१ हजार १ सय, परिक्षा शुल्क (लोक सेवा बढुवा)बाट ४ सय, नागरिकता दण्ड जरिवना, जफत वापत् १० हजार, मुद्दा दण्ड जरिवना, जफतबाट ५७ हजार, प्रशासनिक दण्ड जरिवनाबाट १६ हजार २ सय ५० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबाट ४ लाख ६१ हजार १ सय ४५ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को लेखापरिक्षणमा ८५ लाख ७१ हजार ४ सय ६८ बेरुजु रहेकोमा ८१.३६ प्रतिशत अर्थात् १९ लाख ६३ हजार ३ सय ५१ रुपैयाँ फछ्र्यौट् भएको छ ।

९ सय ८८ सिफारिस
जिल्ला प्रशासन कार्यालयबाट चालु आ.व. भित्र विभिन्न शीर्षकमा ९ सय ८८ सिफारिस भएको छ । जसमा प्रजिअ तिमल्सिनाले सार्वजनिक गरेको जिल्ला प्रशासनको कार्य सम्पादन प्रगति विवरण अनुसार चालु आ.व. मा कार्यालयबाट नयाँ संस्था ३९ वटा दर्ता भएका र २ सय १६ संस्था नविकरण भएको छ ।

त्यस्तै ठाडो उजुरी परेका ७१ वटा, नाबालक परिचयपत्र ३ सय १८, पत्रपत्रिका दर्ता २ वटा, हातहातियार नविकरण १५, जनजाति/दालित प्रमाणीत ३ सय २१ वटा र भुपु सैनिकहरको पेन्सनका लागि ६ वटा सिफारिस उपलब्ध गराइएका छन् ।

जिल्ला प्रशासन काभ्रेले शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रुपान्तरण, विपद व्यवस्थापन, समन्वय र सहजीकरण, सदाचार र आर्थिक अनुशासन, नागरिकता तथा राहदानी सम्बन्धी कार्य, अर्धन्यायीक निकायको रुपमा न्यायिक निरुपण, विकास निर्माणका कार्यमा समन्वय र सहजिकरण लगायतका अन्य कार्यहरु गर्दै आएका छन् ।

सम्बन्धित खबरहरु