माटोको ढिस्कोले पुरिँदा खानीखोलामा एकै परिवारका ४ घाइते

विवेक लोप्चन/खानीखोला । जिल्लाको डाँडापारिस्थित् खानीखोला गाउँपालिका वडा नं. ४ फुलडाँडामा माटोको ढिस्कोले पुरिँदा एकै परिवारका ४ जना घाइते भएका छन् ।

शुक्रबार बिहान घर लिप्नका लागि माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा ४ जना घाइते भएका हुन् । ४ मध्ये एकको अवस्था गम्भिर छ ।

घाइते हुनेमा स्थानीय अरिना गोले, एरिना गोले, अनिता गाले र उनीहरुको एकजना बहिनी छन् । घाइतेहरुमध्ये कसैको हात, खुट्टा र ढाँडमा गम्भिर चोट पुगेको छ ।

स्थानीय निशान मोक्तानले दिएको जानकारी अनुसार उनीहरुको भरखरै खानीखोला गाउँपालिकाको एम्बुलेन्समार्फत उद्धार गरी स्वास्थ्य चौकी ताल्ढुंगा पठाइएको छ । थप उपचारको लागि उनीहरुलाई धुलिखेल ल्याउने तयारी छ ।

सम्बन्धित खबरहरु