बिर पङ्धाक ‘फुल बुट्टे चोली’ लिएर बजारमा (भिडियोसहित)

हरेक दिन हरेक समय नेपाली सांगीतिक बजारमा नयाँ नयाँ गीतहरू सार्वजनिक हुने क्रम जारी छ । यहि क्रममा झापा घर भई हाल रोजगारीको सिलसिलामा परदेशी भुमि रहेको सुमधुर स्वरका धनी गायक बिर पङ्धाक लिम्बूको आवाजमा रहेको ‘फुल बुट्टे चोली’ गीत भर्खरै बजारमा सार्बजनिक भएको छ । उक्त गीतलाई युमा आर्टस् युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो ।

गीतमा अशोक लाखेको निर्देशन, योदिन सम्बहम्फेको छायांकन र अर्जुन पोखरेलको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा भने गोपाल, ममता र पवित्राको अभिनय रहेका छन् ।

त्यस्तै राज मबोको शब्दमा तयार परिएको पुर्वेली भाकाको गीतलाई विनोद खम्बुले संगीत गरेका हुन् भने चन्डु गोर्खालीले एरेन्ज गरिएको छ ।

गायक लिम्बूले रोजगारीको लागि विदेशमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा योगदान दिँदै आइरहेको छ ।

भिडियो

सम्बन्धित खबरहरु

बुङ्मतीमा ‘विचा पूजा’ भक्तजनको भीड

१ आश्विन २०७७, बिहीबार ०९:१६

आजदेखि सोह्र श्राद्ध समापन हुँदै

१ आश्विन २०७७, बिहीबार ०५:३४

आज विश्वकर्मा पुजा

१ आश्विन २०७७, बिहीबार ०५:२७