मिलनको ‘काभ्रेला महाभारत कोर्बारी’ दर्शकमाझ (भिडियोसहित)

तामाङ सेलो गायकको रुपमा पहिचान बनाइरहेको गायक मिलन लो तामाङले आफ्नो तामाङ सेलो गीत ‘काभ्रेला महाभारत कोर्बारी’ लिएर दर्शक माझ आएको छ । तामाङ समुदायको संगीतक क्षेत्रका चर्चित गायिक जितु लोप्चन र तामाङकै आवाजमा रहेको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।

गायक तामाङको अफिसियल च्यानलमार्फत बजारमा आएको उक्त गीतमा शब्द तथा संगीत पनि उनैको रहेका छन् । अब छिट्टै अर्काे गीत ‘बोइलर नक्कला स्या’ पनि बजार ल्याउने तयारीमा रहेको गायक तामाङले बताए ।

एकपछि अर्काे गीत निकाल्दै आएको तामाङले यस गीतमा भने काभ्रे जिल्लाको महाभारत र खानीखोला गाउँपालिकाका बस्तीहरुको नामसँगै सिन्धुली लगायत अन्य जिल्लाका ठाउँहरुको समेत नाम समेटिएका छन् ।
भिडियोः

सम्बन्धित खबरहरु