गायक मिलन लोकोे ‘ल्होछार दाङगेले’ सार्वजानिक (भिडियोसहित)

काठमाडौँ / तामाङ समुदायको नयाँ वर्ष ल्होछार नजिकिदै गर्दा गायक मिलन लो तामाङको आफ्नै शब्द, संगीत र स्वरमा रहेको ‘ल्होछार दाङगेले’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । तामाङले ल्होछार लक्षित गरेर बनाएको ‘ल्होछार दाङगेले’ गीतको म्युजिक भिडियो आफ्नै नाममा रहेको मिलन लो तामाङ नामक युट्युब च्यानलमार्फत सार्वजानिक गरेको हो ।

गायक तामाङको उक्त म्युजिक भिडियोलाई सार्वजानिक गरेको छोटो समयमा नै दर्शकले धेरै रुचाएको छ भने प्रतिक्रिया पनि सकारात्मक आइरहेका छन् । युट्युबमा बढिरहेको गीतको भ्युअर्स र प्रतिक्रियाले आफुमा थप उर्जाको महसुस भएसँगै अझै कलाकारिता क्षेत्रमा निरन्तर लाग्ने प्रेरणा मिलेको गायक तामाङले बताए ।

गायक मिलन लो अभिनय गर्दै अन्य कलाकारको साथमा

गीतमा गायक तामाङलाई सिर्जना तामाङ र रुषा जिम्बाले पनि स्वरमा साथ दिएका छन् । त्यस्तै सुर बहादुर घिसिङको निर्देशन रहेको म्युजिक भिडियोलाई मेक बहादुर थापाले सम्पादन गरेका हुन् ।

‘ल्होछार दाङगेले’ गीतको म्युजिक भिडियोमा कमाला, योगेश, सम्झाना, खुशी, अनिल, प्रकाश, रुपेश र म्हेन्दोले अभिनय गरेका छन् । गायक तामाङको यसअघि सार्वजानिक भएका म्युजिक भिडियोहरुमा भन्दा यसमा केही नयाँपन देखिन्छ ।

भिडियोः

सम्बन्धित खबरहरु

बुङ्मतीमा ‘विचा पूजा’ भक्तजनको भीड

१ आश्विन २०७७, बिहीबार ०९:१६

आजदेखि सोह्र श्राद्ध समापन हुँदै

१ आश्विन २०७७, बिहीबार ०५:३४

आज विश्वकर्मा पुजा

१ आश्विन २०७७, बिहीबार ०५:२७