७२ स्थानीय तह बजेट ल्याउन असफल, बजेट नल्याउनेमा प्रदेश २ का बढी (विवरणसहित)

काठमाडौं । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०६४ ले तोकेको समय नाघेको १९ दिन बितिसक्दा पनि देशभरका ७२ स्थानीय तह बजेट ल्याउन असफल भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आइतबारसम्म ६८१ वटा स्थानीय तहले मात्र आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट गाउँनगरसभामा पेश गरेका छन् । ७२ स्थानीय तह भने नयाँ आर्थिक वर्ष शुरु भइसक्दा समेत बजेट ल्याउन असफल भएका छन् ।

बजेट पास नगरी स्थानीय तहहरुले बजेट खर्च गर्न पाउँदैनन् । कानूनअनुसार सबै स्थानीय तह ९७५३० ले नै १० असारमा बजेट ल्याइसक्नुपर्छ । १ साउनबाट बजेट कार्यान्वयन शुरु हुन्छ ।

मन्त्रालयका अनुसार देशभरका स्थानीय तहमध्ये प्रदेश नं २ का धेरै स्थानीय तहहरु बजेट सार्वजनिक गर्न असफल भएका छन् । १३६ स्थानीय तह रहेको यस प्रदेशमा अझै ३६ स्थानीय तहको बजेट सार्वजनिक भएको छैन ।

२९ असारसम्म बजेट सार्वजनिक भए–नभएको स्थानीय तहको विवरण

प्रदेशपेश भएकोपेश नभएकोजम्मा
प्रदेश नं १          १३१     ६          १३७    
प्रदेश नं २          १००     ३६       १३६    
प्रदेश नं ३          १०९     १०       ११९    
गण्डकी प्रदेश    ८१       ४          ८५      
प्रदेश नं ५          १०३     ६          १०९    
र्णाली प्रदेश   ७३       ६          ७९      
सुदुरपश्चिम प्रदेश            ८४       ४          ८८      
कूल     ६८१     ७२       ७५३    

सम्बन्धित खबरहरु