युवालाई भत्ता नभई रोजगार दिनु पर्छ-विवेक जिम्बा

दिन कसरी बितिरहेको छ ?
आफू त सामान्य मान्छे, दिनहरु पनि सामान्य रुपमै बिताइरहेको छु ।

तपाईलाई मन पर्ने क्षेत्र कुन हो, र किन ?
राजनिति हो । यसले जनतामा चेतना जगाउने काम देखि देशको अमुल परिवर्तनको कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेको हुन्छ । त्यसैगरी स्थनीय तह देखि केन्द्रसम्म राजनिति जोडिएको छ । विशेष गरी समाज परिवर्तनको लागि र यहाँको विकासमा कुनै क्षेत्रको प्रत्यक्ष प्रभाव छ भने त्यो राजनिति क्षेत्र हो । अर्काे खेलकुद, यो राष्ट्रिय गौरवसँग जोडिएको खेल पनि हो भने यसले शरिरिक फिटनेसमा पनि उतिकै मद्दत गर्छ ।

तपाईंको जीवनको लक्ष्य ?
मेरो समाजमा रहेको नराम्रो बिकृती बिसंगतिविरुद्ध आवाज उठाउने, जनतामा चेतना जागाउने आदि । ठ्याक्कै भन्नु पर्र्दा समाज सेवा गर्ने लक्ष्य छ । तर अहिले नै चाहिँ यसले गति लिन सकेको छैन ।

युवा, विवेक जिम्बा
खानीखोला–४ मजुवा, काभ्रे

युवालाई रोजगार र भत्तामध्ये के दिनुपर्छ, र किन ?
मलाई जहाँसम्म लाग्छ, युवालाई रोजगार दिँदा उपयुक्त हुन्छ । किन कि युवाले रोजगारको अवसर पाएको खण्डमा जस्तो सुकै अप्ठ्यारो परिस्थितिलाई पार गर्दै आफ्नो कला तथा सिपमार्फत देशको लागि ठुलो योगदान गर्ने क्षमता राख्दछन् । युवामा केही गरौँ भन्ने जोस र जगार रहेको हुन्छ । विदेशी भुमिमा पसिना बगाईरहेका युवा जमातलाई हेर्दा सजिलै थाहा पाउन सकिन्छ । यदि आफ्नै देशमा पसिना बगाउने अर्थात मेहेनत गर्ने अवसर पाएमा देशमै युवाले अमुल परिवर्तन गरिदिन सक्छ । त्यसैले युवालाई रोजगार देशमै केही गरी देखाउने मौका हो यस कारण युवालाई भत्ता भन्दा रोजगार नै उपयुक्त हुन्छ ।

सामाजिक परिवर्तनको लागि युवाको भुमिका कति आवश्यक छ ?
मेरो विचारमा अति आवश्यकता छ । किनभने युवामा एउटा छुटै किसिमको जोस र जागरसहित परिस्थिति अनुसार आफु पनि परिवर्तन भएर काम गर्ने क्षमता हुन्छ । यस कारण युवाको भुमिका सामाजिक परिवर्तनको लागि आवश्यक देखिन्छ ।

फेसबुक कतिको चलाउनु हुन्छ ?
फेसबुक दिनमा २।३ घण्टा चलाउने गर्छु । खासमा आफ्नो मनमा लागेको आफ्नो बिचार र समाजमा घटेको यथार्थ घटनालाई समाजिक सञ्जालमार्फत जानकारी गराउन र पाउनको लागि फेसबुक चलाउने गर्छु् ।

प्रेम र मागी विवाहमध्ये तपाईं कुन रोज्नु हुन्छ, किन ?
म आफैले पनि प्रेम बिबाह गरेको हुँदा मलाई प्रेम विवाह नै ठिक लाग्छ । प्रेम विवाह गर्दा आफ्नो जीवन साथी आफ्नै खुशिले रोज्न पाइन्छ । जसले गर्दा विवाहपछि केही हुन्छ कि भन्ने डर हुदैन भने दम्पती जीवन खुशीमय विताउन सहज हुन्छ ।

वर्तमान सरकारले गरेको कामप्रती कतिको सन्तुष्ट छ नि ?
हत्या, बलात्कार जस्तो समाचार सुन्दा र त्यसमा दोषी पक्राउ गरेर सरकारले कारबाही गरे भनेको नसुन्दा अलिकती दुःख तथा असन्तुष्टि लाग्छ । अरु कुरामा सन्तुष्टि छु ।

सेक्स के हो ? विवाह अघिको सेक्स कति उपयुक्त ?
सेक्स मेरो लागि मनोरञ्जनको एक पाटो हो । तर सकेसम्म विवाह पश्चात गरेको राम्रो हुन्छ । यदि दुबैको मन मिलेको छ भने सुरक्षित अपनाएर सेक्स गर्दा पनि केही फरक पर्दैन जस्तो लाग्छ ।

सम्बन्धित खबरहरु