डाँडापारिका शैक्षिक तारा डा.लोक बहादुर लोप्चन जीवनी (भिडियो)

साउन ८,काठमाण्डौ । डा. लोक बहादुर लोक भर शैक्षिक ईतिहासमा नयाँ रेकर्ड कायम गर्ने व्यक्ती हुन । खानिखोला गाउँपालिका वडा न.२ फलामेटार साविकको फलामेटार गाउँ विकास समितिका वासिन्दा लोकबहादुर लोप्चन तामाङले त्रिभुवन विश्वविद्यालयबाट बहु भाषिक शिक्षामा विद्या वारिधी गरेका छन ।

नेपाल सरकार ,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय,राष्ट्रिय भाषा आयोगमा उपसचिव पदमा कार्यरत लोप्चनले शिक्षा क्षेत्रमा विशेष गरि खेताला राख्ने शिक्षकलाई वर्खास्त ,खेताला मुक्त विद्यालय सुधार गरि राष्ट्रिय चर्चा ,परिचर्चा कमाउनु भएको थियो । नेपाल सरकारको इमान्दार ,कर्मठ र शिक्षा क्षेत्रमा बहुआयमिक व्यक्तित्व उपसचिव लोप्चनले त्रिभुवन विश्व विद्यालयबाट बहु भाषिक शिक्षामा विद्या वारिधी गर्नुभएर केही दिन अघिदेखी नेपाल सरकारका उपसचिव लोप्चनले डा.लोकबहादुर लोप्चन तामाङ भनेर तामाङ र नेपालको बौद्धिक समुदाय ,व्यक्तित्व सामु विद्यावारिधी डाक्टरको उपाधिमा उतिर्ण गर्न सफल हुनु भएको हो ।

नेपालको पाँचथर,तेर्हथुम,ओखलढुंगा ,दोलखा जिल्लाको जिल्ला शिक्षा अधिकारीको नेतृत्व गरि सक्नु भएका नेपाल सरकारका उपसचिव लोप्चन हाल राष्ट्रिय भाषा आयोगमा कार्यरत हुनुहुन्छ ।

भिडियो हेर्नुहोस

सम्बन्धित खबरहरु