चौमुखी विकासको खोजीमा भारतेली तामाङ समूह

तामाङ समुदायको विषयमा जान्न–बुझ्न हो भने, मूलतः तामाङ समुदायलाई नेपाल देशको एउटा प्रमुख जनजाति भनि पाउँछौं । तामाङ जातिको मूल थलोरकिपट नै नेपालमा पर्छ । तामाङ एउटा आदिवासी जनजाति हो, जसको आफ्नै भाषा,इतिहास,पहिचान र संस्कार–संस्कृति छ । इतिहास विश्लेषण गर्दा तामाङ जाति आदिमकालमै मंगोल –मंगोलिया) बाट तिब्बत हुँदै अहिलेको नेपाल प्रवेश गरेको हामी पाउँछौं । तर, त्यस समय नेपाल थिएन, आ–आफ्नै स्वराज्यरस्वदेश भएको पाउँछौं, उसरी नै तामाङ समुदायले नि काठमाडौं उपत्यका वरिपरि रहेका जिल्लाहरू जस्तैः नुवाकोट, धादिङ, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपूर, सिन्धुलीतिर बसाई गरेर आफ्नै स्वराज्यरस्वदेश निर्माण गरेको हामी पाउँछौं जसलाई तामसालिङ भनिन्थ्यो। नेपाल तामाङ घेदुङका अध्यक्ष हेम वाइबाका अनुसार तामसालिङको अर्थ तामाङ भाषामा ताम भन्या कुरा, सा भनेको कुरा र लिङ भनेको क्षेत्र हुन् । वर्तमान समयमा तामाङ समुदायको कूल संख्या नेपालमा लगभग २५–३० लाख छ । यद्धपी कतिपय तामाङहरूले थरमा लामा लगायत अन्य उपनाम प्रयोग गरेर कम हुन पुगेको हो।

यता, अखिल भारतीय तामङ बौद्ध संघको जानकारी अनुसार भारतमा तामाङहरूको कूल संख्या ३०(३१ लाख सम्म छ । भारतमा तामाङहरू सिक्किम राज्य, दार्जीलिङ, कालेबुङ, खरसाङ, मिरिक, शिलगढ़ी, जलपाइगढ़ी, अलिपुर्द्वार, देहरादून, भाग्सू, नैनिताल, आसाम, मणिपूर अनि अन्य पूर्वाञ्चलतिर पाउँछौं।

संस्कृति अनुरूप नेपालमा बसोबास गर्ने तामाङहरू झैं भारतीय तामाङहरू नि उस्तै संस्कार(संस्कृतिको जगेडा गरि बसेको छ। भौगोलिक भिन्नताले गर्दा कतिपय कुराहरू बेग्ला(बेग्लै भए पनि भेष(भाषा, दस्तूर, नियम पहिरन आदि सबै उस्तै यथावत् रहेको हामी पाउँछौँ। बौद्ध धर्मभन्दा अघि मान्दै आएका बोन संस्कार नि अस्तीत्वमै रहेको छ। अहिले जनजातिको मान्यता पाएवापत् झनै राम्रो भएको छ संस्कार(संस्कृति जगेडा गर्न ।

लेखकः विशाल सर्घाईँ, दार्जीलिङ

तामाङ–भारतमा जनजाति

भारतमा तामाङ समुदायले जनजातिको मान्यता कसरी प्राप्त गरे ? यो विषयमा लेख्नु पर्दा, पहिले–पहिले तामाङ जाति पनि अन्य नेपाली जातिहरू जस्तै सामान्यमा समावेश गरिएको थियो । सन् १९२६ तिर दार्जीलिङ शहर स्थीत नेपाली तामाङ बुद्धिष्ट एसोसिएसन (टाँसी दार्गेलिङ तामाङ गुम्बा)ले तामाङ समुदायको पक्षमा काम कुरो गरिएको हामी पाउँछौँ, तथ्य सहीत । तामाङ गुम्बाहरू भारतमा प्रशस्तै थिए, आज पनि छन् तर नेपाली तामाङ बुद्धिष्ट एसोसिएसनले नै तामाङ समुदायको नेतृत्व कसरी गर्न सक्षम बन्यो त ? यो कुरा थाहा पाउन सकेको छैन । तथापि शहर बीचमा भएर हुन सक्छ । कारण दार्जीलिङ शहरको भारतेली नेपाली साहित्य, राजनिति, सामाजिक कार्य आदि सबै कुरामा नै महत्वपूर्ण भूमिका रहन्छ।

यसरी समय बित्दै जाँदा, भारत स्वतन्त्र भएपछि सन् १९५० तिर डा. भीमराव अम्बेडकरको नेतृत्वमा भारतको संबिधान बन्यो । अङ्ग्रेजी शासनकालमा सम्पूर्ण भारतेली नेपालीहरूलाई नै “हिल ट्राइब्स” भनि जनजातिको मान्यता दिएको थियो भने नयाँ संबिधानले भारतेली नेपालीहरू मध्ये शेर्पा, याल्मो, कागते अनि तामाङलाई मात्र जनजातिको मान्यता प्रदान गरि जनजातिको सूचीमा गाभ्ने उद्देश्यले सबै समुदायलाई सूचना दिए । अरू सबैले जनजातिको मान्यता स्वीकार गरेता पनि तामाङ जातिको पक्षमा त्यो समय नेपाली तामाङ बुद्धिष्ट एसोसिएसन (टाँसी दार्गेलिङ तामाङ बुद्धिष्ट मोनस्ट्री)ले अस्वीकार गरे । यो १९५० को कुरा हो र यस विषयमा तीनवटा पर्चाहरू भेटाइएको छ जसमा ‘‘तामाङ सम्प्रदाय भोटे होइन, परिगणित जातिमा घोषित नहोस् र हामी थाङ्ने भोटे होइनौं, थुकेको थुक चाट्दैनौं” जस्ता कुराहरू लेखिएको छ । यी सबै कुराहरूले गर्दा भारतको केन्द्रीय सरकारले तामाङ जातिलाई जनजातिबाट साधरणमा गाभी दियो।

पछि खरसाङका एकजना शिक्षक नारायण तामाङले १९६० तिर जनजातिको मान्यता प्रदान गर्न पर्ने कुरा राखे तर व्यक्तिगत भनि खारिज भयो। कालेबुङमा १९८०तिर तामाङ बुद्धिष्ट एसोसिएसनको जन्म भयो र यसै एसोसिएसनद्वारा आयोजित एउटा संवर्द्धन कार्यक्रममा स्वर्गीय ज्ञानबहादुर लोप्चन ज्यूले स्वयंसँग घटेको तीतो घटना साझा गर्दै भने “नोकरीको सिलसिलामा सरकारद्वारा सञ्चालित एक परिक्षा दिन दिल्ली गएको थिएँ। परिक्षामा म दक्षता सहीत उत्तीर्ण हुनसके तरै पनि अरू दुई निम्न अङ्क हासिल गरेकाहरूले जनजाति भएका हुनाले सो नोकरी प्राप्त गरे।’’ हो, यहिँ कुरा तामाङ जनजातिको पक्षमा सबैभन्दा पहिलो वीजारोपण गरेको भन्न सकिन्छ । अब जनजातिको विषयरमुद्दा क्षेत्रिय नभएर, राष्ट्रिय स्तरको हुनु थियो। यसैकारण राष्ट्रिय स्तरको संघको कुरा उठ्न शुरू भयो। राष्ट्रिय स्तरको संघ सन् १९८१ मा अखिल भारतीय तामाङ बौद्ध संघको स्थापना भयो।

अब अखिल भारतीय तामाङ बौद्ध संघको मञ्चमा तामाङ जनजाति आन्दोलन शुरु गर्ने भयो । अखिल भारतीय तामाङ बौद्धको पक्षमा दार्जीलिङबाट पि. आर. स्याङ्दन, जी.एस. बम्जन, एम.एस. बम्जन, निमा छिरिङ, मानसिंग बम्जन, पृथ्वीराज स्याङ्दन, कालेबुङबाट पि.एल मोक्तान, के.बि. पाख्रीन, कुलमान घिसिङ, एस.एम. योञ्जन, ए.एस. घिसिङ, के.डि. लामा, खरसाङबाट अम्बर पाख्रीन, के.एस. घिसिङ, पेमा योञ्जन, एल.डि. बम्जन, शिलगढीबाट इन्द्र शेखर लामा, केशरबहादुर पाख्रीन, पदमबहादुर ग्याबाक, सिक्किमबाट महेन्द्रकुमार लामा, सेते लामा, बि.बि. घिसिङ, एम.बि. योञ्जन, डुवर्सबाट डि.बि. योञ्जन, आदिले सक्रिय भूमिका निर्वाह गर्न शुरू गरे । यसरी जनजातिको आन्दोलनले नीकै गतिविधि बढाउँदै थियो तर, १९८६ देखि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका नेता सुवास घिसिङको नेतृत्वमा दार्जीलिङ पहाडमा गोर्खाल्याण्ड आन्दोलन शुरु भयो। सबै संघ, संस्था, कार्यालय, कारखाना बन्द भयो। सबै–सबै गोर्खा भूमिको निम्ति एक भएर आन्दोलनमा सहभागी भए । आन्दोलनको ४० दिन दार्जीलिङ जिल्ला बन्द भएपछि, २२ अगस्त १९८८ को दिन भारतको केन्द्रीय सरकार, पश्चिम बङ्गालको राज्य सरकार र भारतीय नेपालीरगोर्खाहरूको पक्षमा सुवास घिसिङको माझमा त्रिपक्षीय सम्झौता भयो र उक्त सम्झौता अनुसार दार्जीलिङ गोर्खा पर्वतीय परिषदको गठन भयो।

यसरी दार्जीलिङमा १२०० नेपालीरगोर्खाहरू शहिद र दार्जीलिङ गोर्खा पर्वतीय परिषदको गठन भएपछि विश्वव्यापी गोर्खाल्याण्ड आन्दोलनको समाप्त भयो। अब पहाडमा अलि शान्ति छायो र फेरि अखिल भारतीय तामाङ बौद्ध संघले आफ्नो मुद्दालाई अघि सार्यो। १५ मई १९९५ को दिन दार्जीलिङको टुरिष्ट लजमा ओ.बि.सि. (पछौटे वर्ग)को विषयमा निमन्त्रणा भयो अनि ७ मईको दिन कालेबुङमा डा.जि.एस. योञ्जनको सभापतित्वमा केन्द्रीय समितिको बैठक बसियो । जनजाति विभागका अधिकारीहरूबाट ओ.बि.सि. स्वीकार गरे जनजातिको सुन्वाइमा बाँधा पर्ने कुरा अघि आएपछि संघले सो कुरालाई शिरोपर गरेता पनि कतिपय तामाङ ह्युल्बाहरूले ओ.बि.सि. नै स्वीकार गरे र सुविधा नि पाउँने भए ।

यो कार्य चल्दा–चल्दै तामाङ भाषा लिपिमा प्रथम अन्तर्राष्ट्रिय गोष्ठी सिक्किमको टाँसी नामग्यल अकादमीको अडिटोरियममा १६ र १७ दिसम्बर १९९५ को दिन सम्पन्न भयो। उक्त गोष्ठीको लामो बहस पछि तामाङ भाषाको वर्ण, ध्वनिसमूह उच्चारण, विधि अनुसारको लिपि –तामयीग)को सृजना गरियो । जसमा २५ व्यञ्जन वर्ण, ५ स्वर वर्ण र ५ मात्राहरू साथै सून्य देखि एक सय सम्म ज्याबा (गिन्ती)को आविष्कार गरियो । यति गरेर नि नभएपछि अन्तमा अखिल भारतीय तामाङ बौद्ध संघले पहाड़ बन्द डाक्यो र बन्द सफल नि भयो । राजनीति र कुटनितीले कति उछाल–पछार गर्दा गर्दै १९ दिसम्बर २००२ को दिन भारतको राज्यसभामा तामाङ र लिम्बुको जनजातिको प्रस्ताव पारित गरियो । यसमा सिक्किमका तत्कालीन मुख्यमन्त्री डा.पवन कुमाल चामलीङको नि महत्वपूर्ण भूमिका रहेको थियो।

लोकसभा पनि पारित भएपछि २० दिसम्बर २००२ को दिन दिल्लीमा सांसद तथा विभागीय अधिकारीहरूलाई धन्यवाद सहीत मिठाई वितरण गरियो । यसरी ५२ वर्ष अघि गुमाएको जनजातिको मान्यता, २२ वर्षको संघर्षपछि तामाङ जातिले भारतमा जनजातिको मान्यता प्राप्त गर्यो । अब तामाङहरूको इच्छा, आकांक्षा पूरा भयो । विस्तारै जनजातिको सुविधा उपलब्ध हुन थाल्यो । तामाङ भेषभुषाको प्रचलन शुरू भयो । तामाङ गीतरसंगीत पहाडमा गुञ्जन शुरू भयो औं तामाङको पहिचान अझ दरिलो हुन थाल्यो ।

पश्चिम बंगाल राज्यको तामाङहरूको पक्षमा सञ्जय मोक्तानद्वारा तामाङ विकास बोर्डको प्रस्ताव सरकार अघि राखेपछि सरकारले राज्यको तामाङहरूको २७ जुन २०१४ को दिन निम्ति पश्चिम बङ्गाल तामाङ विकास एवं सांस्कृतिक बोर्ड निर्माण गरिदियो र उक्त बोर्डको अध्यक्ष सञ्जय मोक्तानलाई चयन गरियो । विकास एवं सांस्कृतिक बोर्डले अहिले सम्म ३००० भन्दा बढी बेघर तामाङ ह्युलबाहरूको ह्याङला धीम कार्ययोजना अन्तर्गत घर निर्माण गरिसकेको छ। ठाँउ( ठाँउमा तामाङ गुम्बा, समाज भवन, सङ्ग्रालय आदि निर्माण गरिसकेको छ । तर दुःखनीय कुरा के छ भने, यत्तिको दिन सम्म पनि तामाङ जातिको हुनुपर्ने विकास भएको छैन, बौद्धिक विकासमा उम्दा–उम्दा ह्युल्बाहरू भएता पनि जातिको आर्थिक विकास हुनसकेको छैन । जुन स्तरमा तामाङ जाति पुग्न सक्ने थियो, त्यो स्तरसम्म पुग्न सकिरहेको छैन। यसका विभिन्न कारणहरू छन् तर मलाई लागेको सबैभन्दा ठूलो कारण चाहीँ एकताको कमी । किनभने एउटै भाषा बोल्ने, पहिरन पहिरने ह्युल्बाहरू एक छोनन् । भारतमा ३ वटा प्रमुख तामाङ समाज छन् । उद्देश्य एउटै भएपनि अलग–अलग छन् । अखिल भारतीय तामाङ बौद्ध संघको आफ्नै पहिचान छ, तामाङ बौद्ध घेदुङको आफ्नै अनि तामाङ युवा संगठनको आफ्नै । जुन दिन यी तीनै तामाङ समाज एक हुन्छ, त्यस दिन भारतेली तामाङको विकास भएको म मान्छु, अरू थोक नभए नि बौद्धिक विकास । भारतेली तामाङहरू एक हुन्छ, आफ्नो पहिचान बचाउँछ भन्ने आशा साचेको छु ।


                        

सम्बन्धित खबरहरु

‘व्यवस्था’ प्रति खतरा बढेकै हो ?

१८ भाद्र २०७६, बुधबार ११:३१

कम्युनिष्ट विचारधारा–किराँती

१८ भाद्र २०७६, बुधबार ०९:३५

विचौलियाको मारमा कृषक

१० जेष्ठ २०७६, शुक्रबार ०७:०६