लभ त जो सङ्ग नि पर्छ मिलाएर बुझ्नुस – करप रुम्बा

गायक करप रुम्बा निर्मल बहुमुखी क्याम्पसबाट +२ को अध्ययन सकेर बसिरहेका छन । गायन क्षेत्रमा पाइला अघी बढाएका रुम्बासँग विवेक लोप्चनले गरेको कुराकानीको सम्पादित अंश ।

कति वर्षको हुनुभयो ?
-21बर्ष भए

तपाईको स्थायी ठेगाना भन्नुस न ?
– मनहरी-२,मकवानपुर ।

कुन कलेजमा, कुन तहमा पढ्दै हुनुहुन्छ ?
-अध्ययन त छैन आहिले ,निर्मल बहुमुखी क्याम्पसबाट +2 सकाएर बसिराछु।

कुनै नयाँ योजना बनाउँदै हुनुहुन्छ कि ?
– खासै योजना त केही छैन।

तपाईलाई मनपर्ने क्षेत्र कुन हो, र किन ?
-साङ्गितिक क्षेत्र नै मन पर्छ किनकि सुखदुःखको साथी भन्नू नै संगीत हो ।

तपाईको जीवनको लक्ष्य ?
– एक लोकपि्रय गायक बन्ने

युवालाई रोजगारी र भत्तामध्ये के दिनुपर्छ र किन ?
-युवालाई रोजगारी नै दिनु पर्दछ । देश बिकाश गर्ने हामी युवाहरुले हो त्यसकारण युवा आफै सक्षम ,सफल उद्द्यमशिल भएमा देश निर्माणमा अबश्य टेवा पुग्ने छ ।

सामाजिक परिवर्तनमा युवाको भूमिका कति आवश्यक छ ?
-सामाजिक परिवर्तनका लागि युवाको भुमिका एकदमै अथाह छ किनकि हरेक क्षेत्रमा अहिले युवा कै बहुलियता छ युवालाई उल्टोबाट पढ्ने हो भने “वायु” हो जसरी वायुले बाताबरणमा अनुकुलताको भुमिका खेल्छ त्यसरी नै युवाको सामाजिक परिवर्तनमा भुमिका रहन्छ।

फेसबुक कतिको चलाउनुहुन्छ ?
– प्राय: चलाइराको हुन्छु

फेसबुकको एउटा सकारात्मक र एउटा नकारात्मक विषय भनिदिनुस् न ?
– facebook एउटा सामाजिक संजाल भएको कारण यसै पनि फाइदाको कुरा छ नकारात्मक कुरा चाहिँ अनावश्यक पोस्टहरु गर्ने fake id हरु बनाएर माछेलाई झुक्याउने खालको कुरा चाहिँ नकारात्मक छ।

लभ परेको छ ?
-लभ त जो सङ्ग नि पर्छ मिलाएर बुझ्नुस् ।

प्रेम र मागी विवाहमध्ये तपाई कुन रोज्नुहुन्छ ? किन ?
– प्रेम बिबाह नै किनकि प्रेम बिबाह गर्दा एकाअर्कालाई बुझेर गर्न पाइन्छ जिन्दगी खुशीले बिताउन सकिन्छ भन्ने लाग्छ ।

सेक्स के हो ? विवाह अघिको सेक्स कति उपयुक्त ?
-सेक्स एउटा शरिरिक आनन्द लिने चिज हो यो आफ्नो स्वैच्छिकले हुने चिज भको कारण मलाइ चाहिँ यहि बेला हुनु पर्छ भन्ने लाग्च्दैन ,तर हाम्रो नेपालको परिवेशमा विवाह पछि हुनु उपयुक्त मानिन्छन् ।

सम्बन्धित खबरहरु