मन्डनदेउपुर वार्षिक समिक्षा तथा नयाँ बजेटको सुझाव संकलन गर्दै

मन्डनदेउपुर, काभ्रे । मन्डनदेउपुर नगरपालिकाले चालू आर्थिक बर्ष २०७५।७६ को वार्षिक समिक्षा तथा नयाँ बजेटका बिषयमा अन्तत्र्रिया गरेको छ । नगरपालिका प्रमुख टोक बहादुर वाइबाले सरोकारवालाहरुसंग आर्थिक बर्षमा भएका महत्त्वपूर्ण कार्यहरुको बारेमा जानकारी गराएसँगै अन्तरक्रिया कार्यक्रम भएको हो ।

अन्तरक्रियमा कार्यपालिका बैठक बेगर आर्थिक सहायता उपलब्ध गराउने नगरिएको र नगरपालिकाले सुरु गरेको योजनाहरु अधुरा नछाड्ने निर्णय भएको नगर प्रमुख वाइबाले बताए ।

कार्यक्रममा डेडिथुक्मा क्याम्पसको अध्यक्ष कष्यप पौडेलले स्थनिय पाठ्र्यक्रम तयार गर्न, सिप संगै जनशक्ती उत्पादन गर्न, सार्वजनिक पोखरी, चौतारा, पार्टी, सम्रक्षन गर्न सुझाब दिनुभयो । कार्यक्रममा नेकपा नेता बिदुर सापकोटा, नेपाली कांग्रेसको नेता रामहरी सापकोटा, सल्लाकार गोकुल गौतम, लगाएतले सुझाब दिएका थिए ।

२ हजार घर धुरीमा धारा जडान गर्ने
कार्यक्रममा नगरप्रमुख वाइबाले ६० जना ब्यक्तिलाई प्रधानमन्त्री स्वरोजगार कोषबाट रोजगार दिन लागिएको बताए । एक घर एक धारा अभियान अन्तर्गत २ हजार घर धुरीमा धारा जडान गरिसकेको बताउदै वडाबाट उठ्ने राजश्वलाई कडाइ गरिएको बताए । चालु बर्षको ६५ करोड ७९ लाख मध्य ५४ प्रतिशत चालु खर्र्च ४५ प्रतिशत पुजिगत खर्च भएको जानकारी गराउदै असार मसान्तसम्म आफ्नो लक्ष्य पुरा हुने बताउदै नगरप्रमुख वाइबाले दलित महिलाको भत्तामा नगरपालिकाले एक हजर थप गरेर बितरण गरेको बताए ।

आगामी बर्षमा प्रत्येक वडामा जम्मा ५ वटा योजना छनोट गर्ने निर्णय भएको नगर प्रमुख वाइबाले बताए । अघिल्लो बर्ष ३ सय भन्दा धेरै योजनाबाट चालु बर्षमा २ सय ७० वटा योजना छनोट गरिएको चालु बर्षमा १ सय भन्दा धेरै योजना नबनाउने गरी वडाबाट कम योजना तर कार्यन्वय गर्न सहज हुने छनोट गर्ने तयारी भएको नगर प्रमुख वाइबाले बताए ।

सम्बन्धित खबरहरु