“प्रेम विवाह मन पर्छ ।” दीपिका सापकोटा

डाँडापारी सन्देश साप्ताहिकको लागि तन्नेरी सन्देश स्तम्भको लागि विवेक लोप्चनले गरेको कुराकानी ।

कति वर्षको हुनुभयो ?
म २४ बर्षाकी भए ।

तपाईको स्थायी ठेगाना भन्नुस न ?
कवस्वती ५ ।

कुन कलेजमा, कुन तहमा पढ्दै हुनुहुन्छ ?
बिबिए सकाएर बस्दै छु ।

कुनै नयाँ योजना बनाउँदै हुनुहुन्छ कि ?
योजना त छ तर अली भन्न मिल्दैन ।

तपाईलाई मनपर्ने क्षेत्र कुन हो, र किन ?

तपाईको जीवनको लक्ष्य ?
आफुलाई माया गर्ने मान्छेलाई खुशी पार्ने ।

युवालाई रोजगारी र भत्तामध्ये के दिनुपर्छ र किन ?
युवालाई रोजगारी दिनुपर्छ किनकी युवा रोजगारिले आत्मानिर्भर बनाउदछ ।

सामाजिक परिवर्तनमा युवाको भूमिका कति आवश्यक छ ?
युवाको महत्वपूर्ण भूमिका आबश्यक छ । किनकी युवाले देश परिवर्तनमा महात्वपूर्ण योगदान दिन सकिन्छ ।

फेसबुक कतिको चलाउनुहुन्छ ?
कहिले काही चलाउछु ।

फेसबुकको एउटा सकारात्मक र एउटा नकारात्मक विषय भनिदिनुस् न ?
सुचना आदानप्रदान छोटो समयमा नै धेरै जनासङ्ग गर्न सकिन्छ । नकरात्मक भन्नाले बिक्रितीको रुपमा फैलिन सक्छ ।

लभ परेको छ ?
लभ परेको छैन ।

प्रेम र मागी विवाहमध्ये तपाई कुन रोज्नुहुन्छ ? किन ?
प्रेम विवाह । किनकी एकार्कामा राम्रोसङ्ग बुझ्न सकिन्छ ।

सेक्स के हो ? विवाह अघिको सेक्स कति उपयुक्त ?
प्राकृतिक चिज हो । यसबारे केही धारणा छैन ।

सम्बन्धित खबरहरु