काभ्रेलाई ३ अर्ब ५८ करोड २ लाख बजेट, कुन स्थानीय तहले कति पाए ?

काभ्रेका स्थानीय तहको हकमा सबैभन्दा कम वजेट खानीखोलालाई

काभ्रे / संघीय सरकारले समानीकरण र सशर्त अनुदान गरी ३ खर्ब १३ अर्ब ६६ करोड ५५ लाख रुपैयाँ बजेट दिएको छ । जसमध्ये सरकारले काभ्रे जिल्लालाई ३ अर्ब ५८ करोड २ लाख रुपैयाँ वजेट वियोजन गरेको हो ।

काभ्रेलाई परेको वजेटमा नगरपालिकालाई १ अर्ब ९८ करोड ६ लाख रुपैयाँ तथा गाउँपालिकालाई १ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ अनुदान बजेट परेका छन् । नगरपालिकाहरुमा सबै भन्दा बढी बनेपा नगरपालिका (३९ करोड ५६ लाख) लाई परेको छ भने सबै भन्दा कम मण्डनदेउर नगरपालिका २८ करोड ६५ लाख) लाई परेका हुन् । त्यसैगरी गाउँपालिकाहरुको हकमा सबैभन्दा बढी बजेट रोशी गाउँपालिका (३० करोड ३१ लाख) परेको छ भने सबैभन्दा कम खानीखोला गाउँपालिको (१६ करोड २ लाख) लाई परेका छन् ।

प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा स्थनीय तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा उक्त अनुदान दिने व्यवस्था बजेटमा गरिएका हुन् ।

काभ्रेको कुन स्थानीय तहलाई कति बजेट ?
काभ्रे जिल्लामा आएको वजेटमध्ये धुलिखेल नगरपालिकालाई ३३ करोड २८ लाख, नमोबुद्ध नगरपालिकालाई २८ करोड ९५ लाख, पनौती नगरपालिकालाई ३६ करोड ५३ लाख, पाँचखाल नगरपालिकालाई ३१ करोड ९ लाख, बनेपा नगरपालिकालाई ३९ करोड ५६ लाख र मण्डनदेउपुर नगरपालिकालाई २८ करोड ६५ लाख रुपैयाँ बजेट पाएका छन् ।

त्यस्तै खानीखोाला गाउँपालिकालाई १६ करोड २ लाख, चौँरीदेउराली गाउँपालिकालाई २८ करोड ७० लाख, तेमाल गाउँपालिकालाई २२ करोड ४८ लाख, बेथानचोक गाउँपालिकालाई २० करोड ३८ लाख, भुम्लु गाउँपालिकालाई २२ करोड ८३ लाख, महाभारत गाउँपालिकालाई १८ करोड २४ लाख र रोशी गाउँपालिकालाई ३० करोड ३१ लाख रुपैयाँ अनुदान केन्द्र सरकारबाट दिइएको छ ।

सबैभन्दा बढी बजेट काठमाडौ महानगरलाई
स्थानीय तहतर्फ सबैभन्दा धेरै अनुदान काठमाडौं महानगरपालिकाले पाएको छ । महानरगरले कुल १ अर्ब ८३ करोड अनुदान पाएको छ ।

त्यसैगरी पोखरा महानगरले १ अर्ब ७७ करोड, भरतपुर महानरगरले १ अर्ब ३२ करोड, वीरगञ्ज महानगरले १ अर्ब ५ करोड र विराटनगर महानगरले ८५ करोड अनुदान पाएको छ ।

महा र उपमहानगरपालिकाले कति पाए ?
अर्थमन्त्रालयका अनुसार महानगरपालिकालाई ७ अर्ब ७५ करोड १४ लाख रुपैयाँ छ भने उपमहानगरपालिकालाई ७ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।

त्यसैगरी नगरपालिकाहरुलाई ९५ अर्व २८ करोड ९९ लाख र गाउपालिकाहरुलाई १ खर्ब २ अर्ब ७८ करोड ४६ लाख रुपैयाँ बजेट दिइएको छ ।

सम्बन्धित खबरहरु

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

१४ कार्तिक २०७७, शुक्रबार ०७:४५

आजको कति छ सुनचाँदीको मूल्य ?

१४ कार्तिक २०७७, शुक्रबार ०६:५४