४ वर्षपछि बल्ल खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक । भूकम्पलपछि बन्द भएको तातोपानी नाका चारवर्षपछि खुलेको छ। नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन ४ वटा खाली कन्टेनर खासा पठाए पछि नाका व्यवसायिक रुपमा खुलेको हो ।

नेपाल–चीन जोड्ने मितेरी पुल निर्माण नसकिए पनि तत्कालको लागि अस्थायी रुपमा सञ्चालनमा ल्याएको पुलमुनिको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर खास पठाएका हुन् । नेपालमा नाका खुलेको संकेत दिँदै ४ वटा कन्टेनर ऊन राजधानी पुर्‍याइनेछ ।

तातोपानी भन्सार कार्यालय र अध्यागमनदेखि उद्योग वाणिज्य संघसँग समन्वय गरेर काम थालनी गरिएको हो । नेपालतर्फ नयाँ भवन नबनेका कारण अध्यागमन, भन्सार चेकपोष्ट र सीमा सुरक्षाको कार्यालय मितेरी पुल नजिकैको पुरानै भवन प्रयोगमा ल्याउने भउको छ ।

व्यवासायी फर्कन थाले
नाका नखुल्दा डुब्ने अवस्थामा पुगेका पर्यटन व्यवसायी, होटल व्यवसाय नाका खुल्ने भएपछि तातोपानी, कोदारी लिपिङका तीनैवटा बजारका व्यवासायी फर्कन थालेका छन् । चीनको खासा क्षेत्रमा नेपालतर्फ जस्तै चिनियाँ व्यापारीको चलहपहल उस्तै बढेको छ ।

भूकम्पअघि तातोपानी नाकाबाट कन्टेनर र अन्य गरी १ हजार ५ सयभन्दा बढी सवारीसाधन सञ्चालन हुने गर्थे । त्यस्तै नाकाबाट बर्सेनी १५ हजारभन्दा बढी पर्यटक आउजाउ गर्थे ।
वर्षेनी २० अर्बको आयात र ३ अर्बको निर्यात हुने नाकामा बल्ल चहलपहल सुरु हुन थालेको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए ।

सम्बन्धित खबरहरु

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

१४ कार्तिक २०७७, शुक्रबार ०७:४५

आजको कति छ सुनचाँदीको मूल्य ?

१४ कार्तिक २०७७, शुक्रबार ०६:५४