घरमा आगालागी हुँदा लाखौँको क्षती

घर्तिछाप, काभ्रे । जिल्लको विकट क्षेत्र महाभारत गाउँपालिका वडा नम्बर ८ स्थित गातबेशी घर्तिछापमा रहेको एउटा घरमा आगलागी हुँदा ६ लाख बराबरको क्षती भएको छ । स्थानीय क्षेत्र बहादुर आलेमगरको घरमा शनिबार आगलागी हुँदा ६ लाख बराबरको क्षती भएको हो ।

घरमा कोही नभएको समयमा आगलागी भएको कारण कुनै पनि सामान जोगाउन नसकिएको पीडित परिवारले जनाएको छ । घर जलेर पुर्णरुपमा नष्ट भएको छ । एक घण्टापछि स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको भएपनि घरमा के कसरी आगालागी भयो भन्ने बारे एकिन कारण पत्ता लागिनसेको प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट एक लाख नगदसहित अन्नपात, भाँडाकुडा, लत्ताकपडा सबै जलेर नष्ट भएको हुँदा ५ लाख बराबारको क्षती भएको स्थानीय प्रकाश मगरले बताए । स्थानीय प्रकाशको अनुसार घरको परिवार खेतालसिहत मकै गोडिरहेको अवस्थामा एक्कासि घरमा आगो देखिएको र आगो देखिएसँगै घरमा पुग्दा घरभित्र रहेको नगदसहितको सबै सामान जलेर नष्ट भइसकेको डाँडापारि सन्देशसँगको टेलिफोन कुराकानीमा बताएको थियो । स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।
आगालागीबाट भने कुनै मानवीय क्षति नभएको स्थानीयले बताएका छन् । भने स्थानीयहरु समयमा नै पुगेकोले गाई, भैँसी र बाख्राहरु जोगाउन सकेको उनीहरुले जानकारी दिए ।

सम्बन्धित खबरहरु

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

१४ कार्तिक २०७७, शुक्रबार ०७:४५

आजको कति छ सुनचाँदीको मूल्य ?

१४ कार्तिक २०७७, शुक्रबार ०६:५४