गाउँमा मोटरबाटो निमार्ण हुदैँ

फुलडाँडा । जिल्लाको विकट क्षेत्र मानिने खानीखोला गाउँपालिकाको वडा नम्बर ४ ले २० लाखको लागतमा गाउँमा सडक निर्माण गरेको छ । वडा नम्बर ४ का वडाध्यक्ष वीर बहादुर वाईबाले दिएको जानकारी अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाको केन्द्र ताल्ढुंगा देखि फुलडाँडा हुदै जगथली जोड्नको लागि उक्त सडकको ट्र्याक खोलिएको हो ।

जोप्लाखोला देखि जगथलीसम्म यस पटक जसरी भएपनि ट्र्याक जोड्ने बताएको छ । उपभोक्ता समिति गठन गरी त्यस ठाउँको मैनडाँडा, फुलडाँडा हुदै जगथलीलाई मोटर बाटो पुर्याउने उद्देश्य आफुहरुले गाउँपालिकाको आर्थिक सहयोगमा सडक निर्माणलाई प्राथमिकतामा राखेको उनले बताए ।

अहिले उक्त सडकको ट्याक खोल्ने काम मात्रै भएको र आगामी बर्ष त्यसको स्तर उन्नती र पक्की सडक निर्माणको लागि आफुले प्रयास गर्ने वडा अध्यक्ष वाईबाले बताए । ताल्ढुंगा देखि उत्तर पुर्व डुम्रे हुदै सञ्चालन भइरहेकोे सडकले वडा नम्बर ४ को मजुवा, भोक्टेघारी, पुरानोगाउँ, जगथली लगायतका स्थानका जनताहरु प्रत्यक्ष लाभान्वित भएको बताउँदै ताल्ढुंगा देखि जगथली मोटरबाटोले मैनडाँडा, फुलडाँडा र गिर्दिम लगायतका स्थानका जनताहरुले सडकको प्रत्यक्ष सुविधा लिने वडा अध्यक्ष वाईबाले जानकारी दिए । साथै वडाध्यक्ष वाईवाले वडा नं. ५ को ताल्ढुंगा, अनुसुची, बाँझागाउँ हुदै वडा नम्वर ४ को घायाबारी, बेलटार र आँपटार लगायतका ठाउँमा मोटरबाटो नयाँ ट्र्याक खोलिसकेको बताए ।

त्यसैगरी वडाभित्र बाँसघारी, गुम्बाडाँडा र सिरुटार लगायतको ठाउँमा सडक सञ्जालको पहुँच पु¥याउने गरी कार्य भइरहेको जानकाी दिदै उक्त गाउँमा देखिएको खानेपानीको अभावलाई समाधन गर्ने गरी आफु लागेको वडाध्यक्ष वाईबाले डाँडापारि सन्देशलाई बताए ।

सम्बन्धित खबरहरु

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

१४ कार्तिक २०७७, शुक्रबार ०७:४५

आजको कति छ सुनचाँदीको मूल्य ?

१४ कार्तिक २०७७, शुक्रबार ०६:५४