काभ्रेको पाँचखाल र नुवकोट विशेष आर्थिक क्षेत्र

काठमाडौं । नेपाल सरकारले हालै गरेको वजेट घोषण कार्यक्रमबाट काभ्रेको पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरेको छ । साथै सरकारले नुवाकोटमा पनि विशेष आर्थिक क्षेत्र स्थापनाको लागि वजेट छुट्याएको छ । सरकारले अर्थमन्त्री युवराज खतिवडाद्धारा नयाँ बजेट सार्वजनिक गर्दै सो घोषणा गरेको हो ।

बजेटमा नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट दिइने र व्याजमा ५ प्रतिशत अनुदान दिइने जनाइएको छ ।

त्यस्तै सबै प्रदेशमा कम्तिमा २ ठूला विद्युत आयोजना वा सौर्य ऊर्जा आयोजना स्थापना गर्ने जनाइएको छ । २ नं. प्रदेश, कर्णाली र सुदुरपश्चिमलाई पूर्णरुपमा उज्यालो बनाइने जनाउँदै सरकारले बुढीगण्डकीलाई १३ अर्ब, बुढीगंगालाई २ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

सम्बन्धित खबरहरु

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

१४ कार्तिक २०७७, शुक्रबार ०७:४५

आजको कति छ सुनचाँदीको मूल्य ?

१४ कार्तिक २०७७, शुक्रबार ०६:५४