सूचना, सञ्चार तथा प्रविधिको विकासमा जोड दिनुपर्ने राजनीतिक दलका नेताहरुको भनाई

काठमाडौँ। विभिन्न राजनीतिक दलका नेताले सूचना, सञ्चार तथा प्रविधिको विकासलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औल्याएको छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक अंतर्क्रिया  प्रविधिको विकास नभएसम्म मुलुकमा अन्य विकास हुन नसक्ने भएकाले प्रविधिको विकासमा बिशेष जोड दिनुपर्ने बताए ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले आर्थिक, सामाजिक, लैंगिक वा भूगोलको आधारमा गरिने सबै प्रकारका विभेदलाई प्रविधिमार्फत अन्त्य गरिनुपर्ने बताउँदै नेपालमा सूचना र प्रविधिको विकास भइरहेको सन्दर्भमा त्यसको दुरुपयोगभन्दा पनि सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

राष्ट्रियसभाका सदस्य रामनारायण बिडाँरीले सूचना र प्रविधिको विकासमा सरकारी लागनी बढाउनुपर्नेमा जोड दिए ।

प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले प्रविधिको विकाससँगै आपारधिक क्रियाकलापसमेत बढ्दै गएको भन्दै त्यसको नियन्त्रणका लागि कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विश्वले सूचना र प्रविधिमा फड्को मारेको अवस्थामा नेपालले पनि त्यसबाट सिक्नुपर्ने बताए ।

सम्बन्धित खबरहरु