राप्रपा अध्यक्ष कमल थापाले ४ करोड ६ लाख झ्वाम पारेकाे खुलासा

काठमाडौं, ७ साउन ।  राप्रपाका अध्यक्ष कमल थापामाथि अहिले कराेडाैँ रकम झ्वाम पारेकाे अाराेप लागेकाे छ । राप्रपाका एक नेताले राप्रपा नेपालको धुम्बाराहीमा रहेको पार्टी कार्यालय निर्माणका लागि करोडौं मूल्यको १२ आना जग्गा दिलाएका थिए । ती नेताकाे नाम हाे, दिल विकास राजभण्डारी । त्यतिबेला उक्त जग्गामा कार्यालय त बनाए तर उक्त भवन बनाउँदा लागेको रकम फिर्ता भने पाएका छैनन् ।

राजभण्डारीले जग्गाको मूल्य नलिने तर भवन हस्तान्तरण गरेपछि त्यसवापतको रकम राप्रपा नेपालले फिर्ता दिने सहमति तत्कालिन राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरेका थिए ।

तर त्यसबापतको चार करोड ६ लाख आफूले अझै नपाएको उनको गुनासो छ । आफूले पाउनु पर्ने रकम नपाएपछि हालै सम्पन्न पार्टीको दोस्रो केन्द्रिय सदस्यको पूर्ण वैठकमा नेता भण्डारीले पार्टीलाई हरेक सहयोग गर्दा पनि आफ्नो मूल्यांकन नभएको र सहमति अनुसार रकम फिर्ता नपाएको भन्दै तत्काल रकम फिर्ताको माग गरेका छन् ।

यस्तो छ वास्तविकता

तत्कालिन राप्रपा नेपालको कार्यालय रहेको जग्गामा ६५०० वर्गफिटको भवन निर्माणको लागि २ करोड ५९ लाख रुपैया खर्च लागेको राजभण्डारीले त्यस बाहेक कार्यालयका विभिन्न कोठा आल्मुनियम पार्टेशन गर्न भनि २३००००० (तेइस लाख) खर्च गरे ।

तर हाल उनले ३० लाख मात्र भुक्तानी पाएको जनाएका छन् । बाँकी रकम उनले अहिलेसम्म पाएका छैनन् ।

‘उक्त रकम महालक्ष्मी फाइनान्सबाट ऋणलिई खर्च गरेको र हालसम्म सो ऋणको साँवा र व्याज समेत तिर्दै आएको छु,’ राजभणडरीले भने,‘ भवन निर्माण खर्चको साँवा मात्रपनि पार्टीबाट भुक्तानी पाइन ।’

राजभण्डारीले २०७० सालको आम निवार्चनमा पार्टीले आफू लगायत अन्य साथीबाट लिएको १५३०००००(एक करोड त्रिपन्न लाख) जसमा पुरुषोत्तम शाहीबाट रु.५००००००,कमला शर्मा सँग रु.२३००००० र आफ्नो ८०००००० रहेकोमा अझसम्म फिर्ता नपाएको जनाएका छन् । राजभण्डारीका अनुसार हालसम्म हिसाव गर्दा ४०६००००० चार करोड छ लाख लिन उनले राप्रपासँग लिन बाँकी छ ।

एकता महाधिवेशन पछि बसेको दोस्रो केन्द्रीय सदस्यको पुर्ण बैठकमा आफूले पार्टीलाई गरेको योगदान र नपाएको रकमको फेहरिस्तसहित पार्टी अध्यक्ष कमल थापा, वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, वरिष्ठ नेता तथा पूर्व अध्यक्ष श्री पशुपति शम्सेर राणालगायतलाई सम्बोधन गर्दै एक पत्रसमेत वितरण गरेका छन् । पत्रमा पार्टीबाट लिन बाँकी रकम अविलम्ब फिर्ताहोस् भन्ने चाहेको राजभण्डारीले उल्लेख गरेका छन् ।

बैठकमा वितरण गरिएको पत्रमा राजभण्डारीले लेखेका छन्,‘ पार्टीलाई २०औं लाख चन्दा सहयोग,पार्टी संगठनका लागि दिएको खर्च, पार्टीलाइ माथी पु–याउनको लागि दिइको लाखौं अनुदान र पार्टी संगठनका निम्ति ५०औं लाख बरावरको गाडी किनेको छु । तर सो कुराको मैले पार्टीसँग कुनै मागदावी गरेको छैन ।’

राजभण्डारीले पार्टीले आफ्नो योगदानको कुनै कदर नगरेको भन्दै दुःख पोखेका छन् । ‘पार्टी प्रति देखाएको सहदायताको कुनै मूल्यांकन भएको मैले पाइनँ ’ राजभण्डारी भन्छन्,‘ पार्टीका साधारण सदस्य कृयाशिल नभएका कनिष्ट व्यक्तिलाई माथि ल्याउने काम भएको महशुस गरेको छु ।’

स्मरण रहोस् भण्डारी तत्कालिन राप्रपा नेपालमा रहँदा तीन वर्षअघि कमल थापाको कारबाहीमा परेका थिए भने पछि राप्रपा नेपाल समानान्तर, पशुपति शमशेर राणाको नेतृत्वको राप्रपा हुँदै एकता प्रक्रियापछि कमल थापा नेतृत्वकै राप्रपाको केन्द्रीय सदस्य भएका हुन् ।

सम्बन्धित खबरहरु